त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दै

 भदौ २८, २०७८ सोमबार ७:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिउँसो सवा ४ बजे अमेरिकासँग खेल्ने छ । यसअघि  पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।

लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर नेपाल छैठाैं स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो खेलमा भोलि ओमानसँग खेल्नेछ । यस्तै,  तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ । 
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया