बाँकेमा राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

 भदौ २८, २०७८ सोमबार २०:४:२३ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती–सोनारी गाउँपालिका १ कुसुम गाभरमा आज साेमवार बिहान बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिनका लागि प्राविधिक टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो । ‘टोलीले बाघको अवस्था र व्यवहार बुझेपछि मात्रै नियन्त्रणमा लिनुपर्ने अवस्थामा नियन्त्रणमा लिनेछ’, शाहले भन्नुभयो, ‘क्यामरा राखिसकिएको छ , उसको राजमार्ग क्षेत्रमा हुने आवागमनलाई हेरिनेछ ।’  

थप घटना हुन नदिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सुरक्षा तैनाथ गरिएको र हात्तीसहितको गस्ती टोली पनि पठाइएको निकुञ्जले जनाएको छ । 

रातिको समयमा राजमार्ग क्षेत्रमा मोटरसाइकल आवागमनमा रोक लगाइएको छ । हिजाे आइतवार बेलुका स्थानीय होटलमा कार्यरत सुस्त मनस्थितिका एक व्यक्ति खाना खाएर निस्केकामा आज बिहान शव भेटिएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया