इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनलाई हरायाे

 असोज ३, २०७८ आइतबार ६:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा एस्टनले एभर्टनलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको ६६ औं मिनेटमा एस्टनका म्याट्टी क्यासले गोल गरी अग्रता दिलाएका थिए।

लगत्तै ६९ औं मिनेटमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरे पनि एस्टनले २–० को अग्रता बनायो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा एस्टनका लियोन बेलीले गोल थपे । एभर्टनलाई हराएको एस्टनले ५ खेलमा ७ अङ्क जोडेको छ ।

एस्टन भिल्ला लिगको दशौं स्थानमा छ । एभर्टन १० अङ्कका साथ पाँचौं स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया