दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

 असोज ९, २०७८ शनिबार १२:१:१४ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टाेकाइबाट एक जनाकाे ज्यान गएकाे छ । 

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।

हिजो दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा उहाँ घाइते हुनुभएकाे थियाे । सुर्खेतमा रहेकाे कर्णाली प्रदेश अस्पतालकाे  आईसीयूमा राखेर उपचार गराइरहेकाे अवस्थामै उहाँकाे ज्यान गएकाे श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन ‘नेपाल किसान सङ्घ-क्रान्तिकारी’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य जिम्मेवारीमा हुनुहुन्थ्यो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया