यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ । सारजाहमा भएको खेलमा पञ्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै रिद्धिमान साहले ३१ रन जोडे । पञ्जाबका रवि बिश्नोइले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । पञ्जाबका एडिन माक्रमले २७ तथा केएल राहुलले २१ रन बनाए । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । जितपछि पञ्जाबले ९ खेलमा १० अङ्क जोडेको छ ।
पञ्जाब अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ९ खेलमा २ अङ्क जोडेको हैदराबाद पुछारमा छ । आईपीएलमा हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्ली १० खेलमा १६ अङ्कका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्ग्सको ९ खेलमा १४ अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।