यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – आउँदो शुक्रवारदेखि सुरु हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । नेपाली टोलीको रक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् ।
यस्तै दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् ।
नेपालले पहिलो खेलमा शुक्रवार आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।