आईपीएलमा काेलकाताले दिल्लीलाई ३ विकेटले हरायाे

 असोज १२, २०७८ मंगलबार १९:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएकाे छ । 

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे एक सय २८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे । काेलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे दिल्लीले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २७ रन बनायाे । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ काेलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए । 

याे जितसँगै काेलकाता ११ खेलमा १० अङ्कसहित तालिककाे चाैथाे स्थानमा उक्लिएकाे छ । समान खेलबाट १६ अङ्क बटुलेकाे दिल्ली भने तालिकाकाे दाेस्राे स्थानमा छ । 

प्रतियाेगिताकाे दाेस्राे खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेकाे छ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया