शिक्षण अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा आन्दोलनकाे घाेषणा

 कात्तिक १, २०७८ सोमबार २०:५:२७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । तलब वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

अस्पतालमा क्रियाशील कर्मचारी सङ्गठन, कर्मचारी सङ्घ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको संयुक्त नेतृत्वमा आज सोमवारदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा सहभागी भएका आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले जानकारी दिनुभयो ।

आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक खड्काले माग सम्बाेधन नभए भाेलि मङ्गलवार प्रशासनिक कार्यालयहरूमा तालाबन्दी गरिने जानकारी दिनुभयो ।

यस्तै पर्सि बुधवार आपत्कालीन सेवाबाहेकका काम बन्द गरिने पनि उहाँले बताउनुभयो ।

तलब भत्ता वृद्धि हुनुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायतका माग उनीहरूको  छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया