अहिले धेरै जना दाबेदार देेखिए पनि सभापतिकाे उम्मेदवार म नै हुन्छु : नेता पाैडेल

 कात्तिक ८, २०७८ सोमबार २०:२९:७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न महाधिवेशनमा आफू फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने बताउनुभएकाे छ । नेता पाैडेलले अहिले समूहमा धेरैजना दाबेदार देखिए पनि अन्तिममा सहमतिका आधारमा आफूमात्रै उम्मेदवार हुने दाबी गर्नुभयो ।

नेपाल प्रेस युनियन बाँकेले आज सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले भन्नुभयो, पार्टीलाई वैधानिक सङ्कटमा फस्न नदिन छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुको विकल्प छैन । चुनावी कार्यतालिका थप पछि धकेलिए समस्या आउन सक्छ ।

फरक प्रसङ्गमा नेता पाैडेलले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरामाथि गम्भीर आरोप लागेको भन्दै त्यसलाई उहाँले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश पनि आत्मअनुशासित हुनुपर्ने भन्दै उहाँले आरोप लागेपछि प्रष्ट रूपमा सफाइ दिनुपर्ने बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया