इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार ८७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ५१ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।
आज पनि सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ४५ अङ्कले, होटल दुई सय ३२, विकास बैंक एक सय ८५ र हाइड्रोपावर समूहको शेयर एक सय २३ अङ्कले बढेको छ ।
यस्तै फाइनान्स समूहको शेयर एक सय ३६, निर्जीवन बीमा तीन सय १७, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूहको शेयर चार सय ९९ अङ्कले बढेको छ ।
आज दुई सय २१ कम्पनीका एक करोड १४ लाख ८६ हजार कित्ता शेयर ६ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनअघिसम्म कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा हिजाे चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियाे । आज भने काराेबार रकम बढेर ६ अर्ब रुपैयाँ पुगेकाे हाे ।
आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साना किसान विकास बैंक कम्पनीको शेयर भने सबैभन्दा धेरै दुई प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।