गाडीको ठक्करबाट सप्तरीमा नीलगाई मर्‍याे

 कात्तिक १०, २०७८ बुधबार १३:३४:५७ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक नीलगाई मरेकाे छ । नीलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो ।

सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिंँदा नीलगाई मरेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनुभयाे ।

मृत नीलगाईलाई प्रहरीले शम्भुनाथ सब-डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । यता प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत नीलगाईलाई खाल्डोमा पुरिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया