पानी पर्न छोडेपछि देशभर तापक्रममा वृद्धि

 भदौ २०, २०७५ बुधबार ८:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अबको एक दुई दिन देशभरीकै तापक्रम बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । अबको दुई दिन कम पानी पर्ने भएकाले तापक्रम बढ्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।
 
केही दिन यता देशभरी कै तापक्रम बढ्दै गएको छ । हिजो विराटनगरको तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस र दिपायलको तापक्रम ३४ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै काठमाडौंको तापक्रम ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । अझै एकदुई दिन कम पानी पर्ने भएकाले तापक्रम बढ्ने मौसमविद् पोख्रेलको अनुमान छ । 

बुधबार सुदूरपश्चिमको तराई बाहेकका ठाउँमा ठाउँमा चर्को घाम लाग्ने संभावना रहेको उहाँले बताउनुभयो । तर दिउँसो पछि केहि ठाउँको मौसम आशिंक बदली भई हल्का पानी पर्ने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया