दक्ष जनशक्ति लिन यूएईलाई नेपालको प्रस्ताव, यूएई सकारात्मक

 कात्तिक ११, २०७८ बिहिबार १३:२:८ | उमाकान्त पाण्डे

यूएई – श्रम गन्तव्य देश यूएई दक्ष नेपालीलाई यूएईका विभिन्न क्षेत्रमा रोजगारीको अवसर दिन सकारात्मक देखिएको छ ।

आबुधावी डाइलगमा सहभागी हुन यूएई आउनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले बुधबार आबुधावीमा रहेको नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य, बैंकिङ्ग तथा प्रविधि लगायतका क्षेत्रमा दक्षता भएका श्रमिकलाई रोजगारी दिन नेपालले राखेको प्रस्तावमा यूएई सकारात्मक देखिएको बताउनुभएको हो । 

यूएईमा जारी छैठौं आबुधावी डाइलगमा यस वर्ष नेपालले सीप युक्त जनशक्ति लिन र नेपालमा सिकेको सीपलाई मान्यता दिनु पर्ने विषय उठाएको छ । नेपालले राखेको प्रस्तावमा गन्तव्य देशहरू सकारात्मक देखिएका छन् ।

बुधबार नै मन्त्री श्रेष्ठले यूएईका मानव संशाधन मन्त्री डाक्टर अब्दुल रहमान अब्दुल मनानसँग पनि भेटघाट गर्नुभएको छ । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भन्नुभयो,‘अब नेपालले अदक्ष मात्र होइन दक्ष श्रमिक पनि पठाउन तयार रहेको र दक्ष जनशक्ति पनि लिइदिन हामीले गरेको प्रस्तावमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको छ ।’

छलफलमा मन्त्री श्रेष्ठले नेपाली नागरिकको सुरक्षा र सुरक्षित रोजगारीको सवालमा सरकार गम्भीर रहेको  र रोजगार गन्तव्य देशसँगको छलफलबाट समाधान खोजिने पनि बताउनुभयो  ।

कार्यक्रममा सहभागीहरुले कामदारको सुरक्षा, कोरोनापछि रोजगारी गुमाएकाहरूलाई पुनः रोजगारीको वातावरण बनाउनु पर्ने, भिजिट भिसामा हुने ठगी नियन्त्रण, घरेलु कामदारको समस्या समाधान र रेमिट्यान्सको प्रयोगमा जोड दिनुपर्ने लगायतका विषय उठाएका थिए ।

नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल लगायत कार्यक्रममा बोल्दै विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकार, एनआरएनए र सरोकारवालाहरूले यहाँ समस्यामा परेका नेपालीको उद्धारका लागि राज्यले सामाजिक कोषमार्फत व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

रोजगार मुलुकमा ज्यान गुमाएका नेपालीको शव लैजान हुने ढिलाइ र   कोरोनाले ज्यान  गुमाएकाहरूको शवको अन्त्येष्टि गर्नसमेत चन्दा उठाउनु पर्ने अवस्था रहेको प्रति सरकारको ध्यान जानुपर्नेमा सहभागीले जाेड दिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया