अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
बैशाख २१, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर पाँच प्रतिशत नजिक झरेको छ । ११ हजार तीन सय ५५ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको यो सङ्ख्या पछिल्लो आठ महिनापछिकै कम हो ।
काठमाण्डौ उपत्यकामा दशैँअघि विभिन्न जात्राहरू भए, जहाँ हजारौँको भिड थियो । दशैँअघिको किनमेलका कारण काठमाण्डौ उपत्यकासहित देशभरका सहर तथा स–साना बजारमा पनि भिड लाग्यो । रमाइला मेलादेखि दशैँको किनमेल गर्न लागेका बजारले कोरोना भाइरसलाई बिर्सिएको भान हुन्थ्यो ।
यो भिड देख्दा विज्ञहरूमा भने दशैँलगत्तै कोरोना भाइरसको अर्को लहर आउने चिन्ता थियो । भिडभाड, गाउँ–गाउँसम्मको आवतजावत, जमघटजस्ता कारण कोरोना भाइरस ह्वात्तै फैलने डर रहेको भए पनि दशैँपछिका दुई हप्ताको नतिजाले त्यस्तो देखाएन । अनुमानभन्दा फरक रूपले अहिले सङ्क्रमण दर र बिरामी अस्पताल भर्ना हुने दर दुवै घटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो । यस्तै गएको तीन दिनदेखि टेकु अस्पतालमा भर्ना हुनुपर्ने खालका सङ्क्रमित नआएका उहाँले बताउनुभयो ।
खोपको प्रभावकारिता र प्राकृतिक एन्टिबडी
दशैँको मुख्य दिन दशमीको दुई हप्ता हुन लागिसकेकाले यदि भाइरस फैलिएको भएमा यस बेलासम्म लक्षण देखिसक्ने भएकाले अनुमानअनुसार सङ्क्रमण नफैलिएको उहाँले बताउनुभयो । भिडभाड र स्वास्थ्य सावधानीमा भएको लापर्बाहीकै बीच पनि सङ्क्रमण घट्नुमा खोपले प्रभावकारी काम गर्नु र धेरै मानिसमा प्राकृतिक रूपमा पनि एन्टीबडी (सङ्क्रमण भएर बन्ने एन्टीबडी) बन्नु रहेको डा. बाँस्तोलाले बताउनुभयो ।
अहिले रहेका १० हजार दुई सय ३६ जना सक्रिय सङ्क्रमितमध्ये दुई सय ४८ जनाको आईसीयू र ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । भर्ना भएका बिरामीहरू पनि केहीअघिका रहेका र पछिल्ला केही दिनदेखि भर्ना हुने क्रम निकै घटेको डाक्टर बास्तोलाले बताउनुभयो । भेन्टिलेटर तथा आईसीयूमा पुगेका बिरामीको उपचार प्रक्रिया लामो हुने भएकाले बिरामीहरू देखिएका तर नयाँ आउने क्रम भने घटेको उहाँले बताउनुभयो ।
जोखिम भने कायमै छ
पछिल्लो अवस्थाले कोरोनाको जोखिम निकै घटेको भए पनि खोप नलगाएका तथा एन्टिबडी नबनेका मानिसहरू जोखिममै रहेकाले स्वास्थ्यका सावधानी अपनाउनुपर्ने डाक्टर बाँस्तोलाले बताउनुभयो । एन्टिबडी बनिसकेका तथा खोप लगाएका मानिसहरूमा सङ्क्रमण भए पनि उनीहरूमा सामान्य लक्षण मात्रै देखिन सक्ने तर जसले खोप लगाएको छैन र कोरोना सङ्क्रमण पनि भएको छैन उनीहरूले अझै धेरै सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । यदि कोही दीर्घरोगी खोप लगाउन छुटेको भएमा तत्काल खोप लगाउन पनि डाक्टर बाँस्तोलाको सुझाव छ ।
मानिसको जीवनयापन सामान्य अवस्थामा फर्किएको अवस्था, विभिन्न जात्रा तथा दशैँलगायतका पर्वमा भएको भिडभाड, अघिल्लो वर्ष दशैँ मनाउन नपाएकाले यस वर्ष गाउँ–गाउँसम्म बढेको आवतजावत यी सबै अवस्थाका बाबजुद पनि सङ्क्रमण दर घट्नु खुसीको कुरा हो । नयाँ भेरियन्टहरू आउन सक्ने तथा सङ्क्रमण हुन सक्ने जोखिम कायमै रहेकाले सावधानी अपनाउनुपर्छ तर अब महामारीको डर भने कम हुँदै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।