ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र 'पिक मी' बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
यो सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र 'पिक मी' का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
यो सम्झौता पश्चात 'पिक मी'का चालक र 'पिक मी' प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
'पिक मी' का अध्यक्ष प्रसन्न अधिकारीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट 'पिक मी'का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कम्पनीको तर्फबाट चालक तथा 'पिक मी' ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको र त्यस एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने बेहोरा जानकारी गराउनुभयो ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने बेहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।