सुर्खेतमा १० हजार दर्शक अट्ने रङ्गशाला बनाउने सम्झौता

 कात्तिक २८, २०७८ आइतबार २०:३६:४७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रदेशकाे गौरवको रूपमा रहेको प्रदेश रङ्गशाला बनाउन प्रदेश सरकार र निर्माण व्यवसायीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसी–जीएसएल कम्पनीबीच आज आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका ८ मा निर्माण गरिने रङ्गशाला कम्पनीले २०८१ जेठ ११ गतेभित्र सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ  । 

एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार छ सय रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता हस्ताक्षर भएको परिषद्ले जनाएको छ । अबको साढे दुई वर्षमा १० हजार दर्शक अट्ने क्षमताको रङ्गशाला निर्माण हुने परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिनुभयो । कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर निर्माण कार्य समयमै सम्पन्न गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया