कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी ...
बैशाख ३, २०८२ बुधबार
दाङ – दाङमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तुलसीपुर ५ बस्ने ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका छोरा १८ वर्षीय रोहन श्रेष्ठ र रोहन श्रेष्ठका दुई जना साथी रहेका छन् ।
बुबाले भारतबाट ल्याउने र आमा छोराले पोका बनाएर डिलरको रूपमा बिक्रेताहरूलाई ब्राउन सुगर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
ब्राउन सुगरको बिक्री भइरहेको भन्ने सूचनाका आधारमा हिजाे शनिवार बेलुकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आमा छोराले सँगै बसेर घरमै ब्राउन सुगरकाे पाेका बनाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।