इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – केही दिनयता लगातार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अङ्कले बढेर दुई हजार पाँच सय ४६ दशमलव शून्य आठ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैंक, उत्पादन, फाइनान्स र बीमा समूहको शेयरमा राम्रो वृद्धि देखिएको छ ।
आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । आज दुई सय २७ कम्पनीका ९४ लाख ७१ हजार कित्ता शेयर चार अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले र एक्सेल विकास बैंकको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जनउत्थान लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।