लमजुङ : शिक्षक र विद्यार्थी बाेकेकाे जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

 मंसिर २३, २०७८ बिहिबार १४:२१:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । 

मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरकाे जीप आज बिहीवार गोया खोल्सामा दुर्घटना हुँदा तीन जनाकाे घटनास्थलमै ज्यान गएकाे हाे । गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बाेकेर पिकनिक जाँदै गरेकाे जीप दुर्घटना परेकाे हाे । 

दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका-८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका-९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएकाे प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई चितवन पठाइएको र ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

साँघुराे बाटाे र जीप पछाडि गर्न खाेज्दा दुर्घटना भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया