४६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढ्यो, घट्ने कम्पनी जम्मा २ वटा

 मंसिर २८, २०७८ मंगलबार १४:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय लगातार आरोलो लागिरहेको शेयर बजार आज मङ्गलवार भने उच्च अङ्कले बढेर सकारात्मक सर्किट लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार साढे १२ बजे पाँच प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार फेरि उकालो लागेर ६ दशमलव एक प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको हाे ।  

नेप्से एक सय ३७ दशमलव आठ अङ्कले बढेर दुई हजार चार सय १८ दशमलव ८४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयरमा हरियाली देखिएको छ । 

आज दुई सय २० वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई वटा बाहेक सबैको शेयर बढेको छ । ४६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै २४ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । 

आज ४० लाख ८५ हजार कित्ता शेयर एक अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंककाे नाै कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । 

गएको शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार साम्राज्यवादीहरूको लगानी गर्ने थलो भएको बताएपछि आइतवार र सोमवार नेप्से उच्च अङ्कले घटेको थियो । तर हिजो अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समस्या समाधान भइरहेकाले नआत्तिन लगानीकतालाई आग्रह गर्नुभएको थियो ।

यस्तै लगानीकर्ता सङ्घहरूको संयुक्त कार्यदलले पनि अत्यावश्यक नपरी घाटा खाएर शेयर नबेच्न भन्दै विज्ञप्ति निकालेको थियो । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया