शेयर बजार दोहोरो अङ्कले घट्यो, जम्मा दुई अर्ब ३० करोड रुपैयाँको कारोबार

 पुष १, २०७८ बिहीबार १६:५६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बिहीवार दोहोरो अङ्कले घटेको छ । नेप्से आज ३७ दशमलव ८७ विन्दुले घटेर दुई हजार तीन सय ७६ दशमलव ७४ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय २४ वटा कम्पनीको शेयर कारोबार भएकोमा २९ वटा कम्पनीको मात्रै शेयर बढेको छ । 

आज ५३ लाख ७९ हजार कित्ता शेयर दुई अर्ब ३० करोड १७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको नौ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज ग्रिनलाइफ हाइड्रो, मैलुङखोला जलविद्युत् र हिमालयन पावर पार्टनरको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि नेपाल बङ्गलादेश बैंकको शेयर १० प्रतिशतले बढेको छ ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया