भिजिट भिसामा दुबई गएका धादिङका १९ जना अलपत्र

 पुस ६, २०७८ मंगलबार ९:१३:५ | सिताराम अधिकारी
unn.prixa.net

फाइल तस्बिर

धादिङ - भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् ।

नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।

धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिएका छन् । नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए ।

२५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रवासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ । वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले समस्या भोगिरहेकोले कामका लागि कसैलाई पनि भिजिट भिसामा नजान दुवाडीले आग्रह गर्नुभएको छ । अलपत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

2 Comments

  • Saroj

    Dec. 21, 2021, 12:25 p.m.

    अलपत्र किन हुन पर्यो र ? UAE 2020 EXPO भ्रमण गर्ने सरकारले तेत्रो खबरदार गर्दा नि बुझ पचाएपछि कसको के लाग्छ र ..............

  •  0 Reply
  • Binod paudel

    Dec. 21, 2021, 12:08 p.m.

    म बिनोद ...यहाँ आएको एक महिना पुरा भयो / म पनि भिजिट भिसामा नै आएको , तर मैले धेरै नेपाली दाजुभाईहरु अलपत्र भएको देखें / अनि मलाई पनि काम लगाउँछु भनेर ७०० दिराम खाएर भाग्यो / यति धेरै दलाल नेपाली नै छन्, जसले काम लगाउँछु भन्दै एक महिनाको सेलरी खाने ? धेरै गाह्रो छ यहाँ भिजिट भिसामा आएर काम गर्न...यो खबर सबैकोमा पुगोस् / अनि सबै मिलेर नेपाली दलाललाई नै समात्नुपर्यो , कडा कानुनी संजाय दिनुपर्यो / धन्यवाद !

  •  0 Reply

तपाईको प्रतिक्रिया