इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ८ दशमलव २३ प्रतिशतले बढेको छ । जलविद्युत् ६ दशमलव ०३ प्रतिशत, विकास बैंक उपसमूहको ५ दशमलव ५१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ उपसमूह २ दशमलव २२ प्रतिशत, र्निजीवन बीमा ४ दशमलव ७६ प्रतिशत, लगानी उपसमूह ५ दशमलव १९ प्रतिशतले बढेको छ ।
आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । हिजो कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन । आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज अरुण भ्याली हाइड्रो, वरुण हाइड्रो, माथिल्लाे तामाकोसी, शिवम् सिमेन्ट र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।