सप्तरीमा एक महिलाको घाँटी रेटी हत्या

 पुस १२, २०७८ सोमबार १०:५६:२१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिला मृत भेटिएकी छिन् ।

घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादवको हत्या भएको हो । हिजो बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव राति अबेरसम्म नफर्किए पछि उहाँको खोजी गरिएको थियो ।

बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनास्थलमा तीन वटा बियरको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोतn फुटेको छ । यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लुटिएको पीडित परिवारले बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । छिन्नमस्ता गाउँपालिकामा एक महिनाकै अन्तरालमा दुई जनाको घाँटी रेटी हत्या भएको छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीमा एक जना वृद्धको घाँटी रेटी हत्या भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया