शेयर बजार आज पनि घट्यो, कारोबार रकम र सङ्ख्यामा पनि कमी

 पुष १३, २०७८ मंगलबार १५:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो साेमवार ७० अङ्कले घटेको नेप्से आज मङ्गलवार पनि ओरालो लागेको छ । नेप्से आज दुई दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय १८ दशमलव ९९ विन्दुमा झरेको छ ।

आज व्यापार, फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत् र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

आज दुई सय ३० कम्पनीका ५८ लाख २८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज गोर्खाज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया