सप्तरीमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे

 पुस १८, २०७८ आइतबार १९:५५:५ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीमा आज आइतवार दिउँसाे भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । 

सप्तकोसी नगरपालिका वडा नम्बर ४ मा को २२ प १५५८ र को २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएकाे हाे । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का शुभास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ भिमा टोलका शंकर चौधरी रहेका छन् । 

दुर्घटनामा बस्नेतको श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् । त्यस्तै चौधरीको मोटरसाइकलमा रहेका सप्तकोशी नगरपालिका वडा नम्बर ९ का रोहित चौधरी घाइते भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया