सप्तरीका विपन्न परिवारलाई महिला विकास क्लबद्वारा कम्बल सहयाेग

 पुस २३, २०७८ शुक्रबार १०:३४:६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीकाे धर्मी हल्फा महिला विकास क्लबले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ । विगत केही दिनदेखि सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्याधिक चिसोबाट जोगिन  मरिक (डोम) र सदा (मुसहर) समुदायलाई क्लबले कम्बल वितरण गरेको हाे ।

एक्कासि बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा समुदायमा र अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सीतापुर भुरकीका मरिक समुदायलाई एक/एक थान कम्बल वितरण गरेको  संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्यनारायण यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया