एन्टीस्नेक भेनम नहुँदा बिरामीको ज्यान गयो

 जेठ २०, २०७५ आइतबार १९:४०:९ | विमल बिष्ट

डोटी – दिपायलमा रहेका निजी अस्पतालहरुमा एनटीस्नेक भेनम नहुँदा एकजना सर्पले टोकेका बिरामीले अकालमै ज्यान गयो ।

सर्पले टोकेको बिरामीलाई प्रयोग गरिने एनटीस्नेक भेनम नहुँदा दिपायल पिपल्ला केलभाडीमा ६ वर्षका बालक आयुष बिकको गएराति ज्यान गएको छ । गएराति घरको आगनमा खेलिरहेको बेला बालकलाई बिशालु सर्पले टोकेको थियो ।

सर्पले टोकेपछि उपचारका लागि दिपायलको अस्पतालमा लैजाँदा अस्पतालमा पर्याप्त मात्रामा एनटीस्नेक भेनम नहुँदा उनको ज्यान गएको मृतकका बुवा लोक बिकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्पले छोरालाई टोकेको थाहा पाउने बित्तिकै हामीले तुरुन्त अस्पताल पु¥याएका थियौ, अस्पतालमा केही मात्रामा औषधि रहेछ, त्यो दिएर पुगेन बाँकी औषधि नहुँदा मेरो छोरो गुम्यो ।’

तर जिल्ला अस्पताल डोटीमा भने एनटीस्नेक भेनम पर्याप्त मात्रामा भएको अस्पतालका खोप अधिकृत रामस्वार्थ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुन अस्पतलमा औषधि छैन, त्यो हामीलाई जानकारी हुँदैन, जिल्लामा पर्याप्त मात्रामा औषधि छ, जुन अस्पताललाई चाहिन्छ, माग गरे हामी तुरुन्तै उपलब्ध गराउछौं ।’
जिल्ला अस्पतालमा पर्याप्त मात्रामा एनटीस्नेक भेनम औषधि भए पनि गाउँघरका तथा निजी अस्पतालले समयमै औषधि माग नगर्दा अधिकांश सर्पले टोकेका बिरामीले डोटीमा अकालमै ज्यान गुमाउने गरेको स्थानीयबासि बताउछन् ।

जिल्ला अस्पताल टाढा भएको र भनेको बेलामा सवारी साधन नपाउँदा सर्पले टोकेका बिरामीहरु जिल्ला अस्पतालसम्म जाँदै गर्दा ज्यान गुमाउने गरेको दिपायलका स्थानियबासिन्दा कृष्ण मलासीले बताउनुभयो ।

शैलेस्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजंग कुँवरले आफ्नो अस्पतालमा ५ एम्पुल एनटीस्नेक भेनम भएको र बाँकी ५० एम्पुल औषधिका लागि जिल्ला अस्पतालमा माग गरेकाले केही समय भित्रमा औषधि आइपुग्ने दाबी गर्नुभयो । डोटीमा गर्मिी मौषममा सर्पले टोक्दा बर्र्सेनी दजर्नौले अकालमै ज्यान गुमाउने गेरका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया