नरभक्षी चितुवा मार्न ८० सुरक्षाकर्मी परिचालन

 भदौ २६, २०७५ मंगलबार १७:२:१२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको किमडाँडा क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणमा लिन सुरक्षाकर्मी  परिचालन गरिएको छ । 

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।  

सोमबार दिउँसो साढे तीन बजे सन्धिखर्क नगरपालिकाको वडा नम्बर–८, किमडाँडाको नेपाली चौरमा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएपछि चितुवा मार्न विशेष सुरक्षा टोली परिचालन गरिएको हो । 

चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले चितुवा मार्नका लागि नेपाली सेनाका ४०, नेपाल प्रहरीका २५ र शसस्त्र प्रहरीको १५ जना गरी ८० जनाको विशेष टोली परिचालन गरिएको छ ।  

सेना र प्रहरीसँगै जिल्ला वन कार्यलयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दा मिलेर चितुवाको खोजी गरिरहेका छन् । पटक पटक बालबालिकालाई चितुवाले आक्रमण गरेपछि स्थानीयहरु सारै आतंकित बनेका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ वर्षीय सदीक्षा रानाको तीजको समयमा मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएपछि चितुवा मार्न किमडाँडा क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो  । 

बालिकालाई चितुवाले आक्रमण गरेपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी नायब उपरीक्षक नवराज मल्ल र जिल्ला वन कार्यलयका प्रमुख दिपक पण्डितसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तसँग भेटेर समवेदना व्यक्त गर्दै आफूहरु चितुवा मार्न लागिपर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । 

नरभक्षी चितुवाले पछिल्लो ३ वर्षमा डेढ दर्जन बालबालिकालाई आक्रमण गरेका कारण १२ जनाको ज्यान गएको छ भने ६ जना घाइते उपचार पछि निको भएका छन् ।   
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया