कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले स्टिङ्ग अप्रेसन गरेको छ ।
काठमाण्डौको सिनामङ्गलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिएर ठगी गर्दै आएको सूचनापछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित तीन जनालाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग एक लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको मार्सल टोलीका संयोजक विष्णु लामिछानेले जानकारी दिनुभयो ।
सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्कालै स्टिङ्ग अप्रेसन गरिने पनि लामिछानेले बताउनुभयो । अस्ति आइतवारदेखि सुरु भएको कल सेन्टरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको गुनासो गरेका थिए ।
वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने पनि मन्त्री श्रेष्ठले बताउनुभएको छ ।
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टर ९७७१५९७००८ वा ११४१ नम्बरमा चाैबीसै घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।