हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

 माघ १९, २०७८ बुधबार १३:१२:४३ | अमर सुनार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – दैलेखकाे नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ ।

मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टिकाराम न्यौपानेले जानकारी दिनुभयो । हत्या घटनामा संलग्न तेश्रो व्यक्ति कालिकोटको महाबै गाउँपालिका–४ डिल्लीकोट घर भइ हाल तोलीराइलीमै बस्ने ३३ वर्षीय बीरबहादुर शाहीको हकमा कसुर ठहर भएको तर कति वर्ष कैद हुने भन्ने बारे माघ २८ गतेको पेसीमा हुने फैसलापछि मात्र थाहा हुने सूचना अधिकारी नासु न्यौपानेले बताउनुभयो ।

एउटै अपराध घटनामा कसुरदारहरुको संलग्नताको अवस्था र दोषको मात्रा अनुुसार मागदावी भन्दा कम सजाय हुनसक्ने मुलुकी फौजदारी सहिंतामा व्यवस्था भए अनुसार न्यायाधीशले कसुर ठहर गरेको ३० दिनभित्र अर्को पेशी तोकी सजाय निर्धारण सहित अन्तिम फैसला गर्नुपर्ने कानुनी व्यवस्था छ । गाउँकै छिमेकीको आगनमा ०७७ कात्तिक १० गते साँझ दशैंको दिन आपसी झगडामा कसुरदारहरुले भूपेन्द्रबहादुर शाहीको टाउकोमा प्रहार गरेको बाँसको भाटाको चोटले कात्तिक ११ गते साँझ ज्यान गएको विषयमा कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित पक्षले उजुरी गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया