३४ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

 भदौ २७, २०७५ बुधबार १४:५:५७ | रासस
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । त्यस स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । 

दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत ठाउँमा पनि पहिरो खसेको थियो । ती ठाउँको पहिरो मङ्गलबार नै सफा गरिएको थियो । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लामो समयसम्म सवारी रोकिएपछि एकतर्फी सञ्चालन गरेर सवारी साधन कटाइएको थियो । खनालका अनुसार चार किलोमा एक सय मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । सो ठाउँमा एक सय मिटर सडक पहिरोले ढाकेको थियो । 

एकतर्फी सवारी सञ्चालनमा आएपछि मङ्गलबार रातभर पालैपालो सवारी कटाइएको थियो । आज बिहान केहीबेर सवारी रोकेर बाँकी पहिरो पन्छाएसँगै सवारी दुईतर्फी सञ्चालनमा आएको हो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया