शेयर बजारलाई सामान्य झट्काले प्रभाव नपार्ने बनाउँछु : नवनियुक्त अध्यक्ष हमाल

 फागुन ५, २०७८ बिहीबार १९:३:८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल धिताेपत्र बाेर्डका अध्यक्षमा नियुक्त रमेश हमालले नेपालकाे शेयर बजारकाे विकास र विस्तारमा आफूले इमानदार प्रयास गर्ने बताउनुभएकाे छ । मन्त्रिपरिषद्को आज बिहीवारको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेपछि उहाँले भन्नुभयाे, साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न सक्दाे प्रयास गर्छु ।

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उहाँले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । 

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवम् मर्यादित बनाउने र प्राकृतिक रूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताउनुभयो । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले त्याे काममा आफू दत्तचित्त भएर लाग्ने उहाँको भनाइ छ । 

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिएपछि सरकारले उहाँलाई हटाएको थियो । पछिल्लो ६ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो । 

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनाेट समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम प्रस्ताव गरेको थिया । त्यसमा डा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो । 

नवनियुक्त हमालले सरकारले दिएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया