मन्त्री आलेको निर्देशनपछि रोयल्टी बुझाउँदै क्यासिनो, अहिलेसम्म ७६ कराेड रुपैयाँ राजस्व सङ्कलन

 फागुन ८, २०७८ आइतबार १६:१२:४६ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नुका साथै अन्यको पनि खारेजी हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।

पर्यटन विभागका अनुसार अहिलेसम्म १७ वटा कम्पनीले रोयल्टीबापत तिर्नुपर्ने बक्यौता रकम बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले पाँच करोड रुपैयाँमध्ये चार करोड बक्यौता बुझाएसँगै अहिलेसम्म सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नू भन्ने मन्त्रीज्यूको आदेशपछि अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्दैछन्, करोडौँ रुपैयाँ जम्मा भएको छ ।’ उहाँका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरूले तिर्नुपर्ने जम्मा एक अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँमात्रै रहेको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षाैँसम्म पनि नतिर्ने काठमाण्डौको दरबाारमार्गमा रहेको होटेल याक एन्ड यतीको लाइसेन्स खारेस गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ । अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । 

जसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुई वटा होटलमा गरेर १४ करोड रुपैयाँ बाँकी रहेको र त्यो होटलको बैंक जमानत रहेकाले असुल गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिनुभयो । यसैगरी सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यती (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्स समेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया