कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

 फागुन १२, २०७८ बिहिबार १५:१५:५२ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताउनुभएको छ ।

स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामाको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि राष्ट्रिय नाचघर जमल पुग्नुभएका मन्त्री आलेले कलाकार देश चिनाउने सच्चा देशभक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वर्गीय कलाकार लामाले देशलाई चिनाउने काम गर्नुभएको छ, उहाँले देशलाई अतुलनीय योगदान दिनुभएको छ, कलाकार राष्ट्रका गहना हुन् ।’ 

देशमा अहिले देखिएका विकृति, विसङ्गतिहरू चिर्दै जाने र राष्ट्र, राष्ट्रियता जोगाउनका लागि कलाकारले खेलेका भुमिका निकै अहम् भएको मन्त्री आलेले बताउनुभयो । स्वर्गीय कलाकार लामाले देशलाई चिनाउन गरेका विभिन्न किसिमका सकारात्मक कुरालाई पहिल्याएर अगाडि बढ्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो ।

लामाजस्ता कलाकारहरू देशले बिरलै पाउने बताउँदै मन्त्री आलेले कला, संस्कृतिको तथा कलाकारको जगेर्ना गर्न सक्नु राष्ट्रको मुख्य दायित्व भएको बताउनुभयो । उहाँले यसमा आफू र सिङ्गो मन्त्रालय लागिपर्ने आश्वासन पनि दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया