एमसीसी अस्वीकार गरियो भने सबै ‘डोनर कन्ट्री’ हाम्रा विपरीत हुन्छन् : नेता पौडेल

 फागुन १३, २०७८ शुक्रबार १९:१९:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अस्वीकार गरिए नेपाल बर्बाद हुने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका ११ रुपाकोटकाे पुतलीबजारमा वडा कार्यसमितिले आयाेजना गरेकाे स्थानीइ निर्वाचन र विकासका चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । 

एमसीसी नेपालको विकास र उन्नतिका लागि चाहिने बताउँदै नेता पौडेलले एमसीसीलाई अस्वीकार गरिएमा सबै ‘डोनर कन्ट्री’ (दाता देश) नेपालको विपरीत हुने र देश बर्बाद हुने उल्लेख गर्नुभयाे । ‘एमसीसीको विरोध गर्नु कुनै पनि हालतमा नेपालको हितमा छैन । एमसीसी नेपालको हितमा र गरिबी हटाउन आएको हो । यो नराम्रो कुरा छैन । यसलाई नराम्रो प्रचार गरिएको छ’, उहाँले थप्नुभयो, ‘नेपालको हित र विकासका लागि हामीलाई एमसीसी चाहिन्छ । यसलाई अस्वीकार गर्‍याैँ भने सबै ‘डोनर कन्ट्री’ हाम्रा विपरीत हुन्छन् । नेपाल बर्बाद हुन्छ ।’    

कर्यक्रममा बाेल्दै उहाँले तनहुँको रुपाकोटको गाैरवमय इतिहास रहेको र रुपाकोटले कांग्रेसलाई बचाएको स्मरण गर्नुभयो । वीपी कोइराला लमजुङको दुराडाँडाबाट तनहुँको चुँदीतिर झर्दा रुपाकोट बसेर जाने गरेको समेत उहाँले बताउनुभयो ।    

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले एमसीसी नेपालको भविष्यसँग जोडिएको र यो राम्रो रहेकाले जसरी भए पनि कांग्रेसले एमसीसी पास गरेरै छाड्ने दाबी गर्नुभयाे । 

यस्तै पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको सन्दर्भमा पार्टीभित्र पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई भूमिका दिने, नदिने विषयमा स्पष्ट ढङ्गले निष्कर्ष निकाल्नुपर्ने अवस्था आएको बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया