हेटौँडामा बन्दको प्रभाव : गाडीमा आगजनी, ट्रकमा तोडफोड

 फागुन १६, २०७८ सोमबार १९:३९:६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बन्दको उल्लङ्घन गरेको भन्दै हेटाैँडामा बन्दकर्ताहरूले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र दुई मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले गाडीमा आगजनी र तोडफोड गरेका हुन् । 

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे शिवम् रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । 

आज बिहान ११ बजेको समयमा प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको सिमेन्ट उद्योगको बल्करमा आगजनी गरिएको हो । तीन जना मोटरसाइकलमा आएर तोडफोड र आगजनी गरेर फरार भएका भनी बल्कर चालकले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको हो । 

यस्तै आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १९ बस्तीपुरमा बन्दकर्ताहरूले ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया