बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

 फागुन २३, २०७८ सोमबार ७:१:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । करिडाेरकाे बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका ठाउँमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि याे सडक खण्ड दैनिक पाँच घण्टा बन्द गर्न लागिएकाे हाे । 

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले आजदेखि आउँदाे चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म बन्द हुने जानकारी दिनुभयाे । 

कालीगण्डकी करिडोरको यस सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गरिएको थियो।

'आजदेखि चैत १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सबै प्रकारका गाडी आवागमन बन्द हुने छन्' उहाँले भन्नुभयो।

आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरीचौकी घाँसा र तत्कालकाे सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया