राइनास नगरपालिका : ‘सडक अतिक्रमण गरी भौतिक संरचना नबनाउनू’

 फागुन २४, २०७८ मंगलबार १३:१५:२८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–लमजुङको राइनास नगरपालिकाकाे सडक संरचना अतिक्रमण गरी कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ ।

सडक संरचना उपयोगसम्बन्धी एक सूचना जारी गर्दै राइनास नगरपालिकाभित्र रहेका पक्की तथा कालोपत्रे सडक संरचना भित्र अतिक्रमण गरी अस्थायी, स्थायी संरचना निर्माण नगर्न सबै नगरवासीमा अनुरोध गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो ।

यसैगरी, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक संरचनाभित्र पशु चौपाया छाडा नछाड्न, सडकमा बालबालिकालाई नछाड्न र सडकमा खेलकुदका क्रियाकलाप गराउने कार्य बन्द गर्न समेत अनुरोध गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सडकमा निर्माण सामग्री जथाभाबी नराख्न समेत आग्रह गरिएको छ । ‘सडक संरचनामा लामो समयमा पार्किङ नगर्न, नगराउन, हाटबजार नराख्न, ठेला–रिक्सा राखेर व्यापार व्यवसाय नगर्न/नगराउन पनि आग्रह गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत सुयलले भन्नुभयो ।

यस्तै, सडक संरचना भत्काउने, पूर्वाधार निर्माणसम्बन्धी कार्य नगर्न, नगराउन, सडक क्षेत्राधिकार मिचेर नक्सापास नगरि आवासीय एवम् औद्योगिक भवन नबनाउन समेत सबैमा आग्रह गरिएको उहाँले बताउनुभयो ।

उल्लेखित नियमहरुको पालना नभएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने नगरपालिकाको जनाएको छ । नगरपालिकाका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिका क्षेत्रमा मात्रै १६ किलोमिटर पर्छ ।

राइनास नगरपालिकाका ९ वटै वडा सडक सञ्जालमा जोडिएको छ । यस क्षेत्रका ९० वटै टोलमा कच्ची भए पनि सडक पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया