एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरी अघि बढिरहेका छौँ : प्रदेश मन्त्री गुरुङ

 फागुन ३०, २०७८ सोमबार २०:२८:९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेशमा रहेका एम्बुलेन्स सेवालाई व्यवस्थित र सुविधायुक्त बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

आज सोमवार उज्यालोसँगको कुराकानीमा उहाँले प्रदेशमा रहेका ‘ग’ वर्गका एम्बुलेन्सलाई ‘ख’ वर्ग र ‘ख’ वर्गमा रहेका एम्बुलेन्सलाई ‘क’ वर्गमा ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय जुटिरहेको जानकारी गराउनुभएको हो । 

मन्त्री गुरुङले प्रदेशमा अहिले सञ्चालनमा रहेका एम्बुलेन्सहरू सुविधायुक्त नहुँदा दुर्गमका नागरिकलाई स्वास्थ्य केन्दसम्म पुर्‍याइ उपचारमा सहजीकरण गर्न नसकिएको उल्लेख गर्नुभयो ।   

‘गण्डकी प्रदेशमा विभिन्न सङ्घसंस्था, अस्पतालहरूले थुप्रै एम्बुलेन्स सञ्चालन गरिरहेका छन् । ती एम्बुलेन्सहरू ‘क’ वर्गको अर्थात् बिरामीलाई बस्दा सजिलो हुने खालका छैनन्’, उहाँले भन्नुभयो, ‘जसका कारण थुप्रै दुर्गम ठाउँका नागरिकहरूलाई सहजरूपमा स्वास्थ्य केन्द्रसम्म लगी उपचारमा सहजीकरण गर्न सकिएको छैन ।’   

प्रदेशमा रहेका एम्बुलेन्सहरूको स्तरोन्नति गर्दै एम्बुलेन्समा जीपीएस जडान गरी नागरिकलाई स्वास्थ्य सेवामा सहजता ल्याउने प्रयास भइरहेको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।

‘मन्त्रालय एम्बुलेन्सको स्तरोन्नति गर्दै ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स गोरखाको चुमनव्री होस् या लमजुङको दूधपोखरी, पसगाउँ या प्रदेशको कुन दुर्गम ठाउँमा पुग्यो ? कसरी बिरामी ल्याउँदैछ ? भन्ने लगायतका जानकारी लिनका एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरी अघि बढिरहेका छौँ । केही दिनमै यसको औपचारिक उद्घाटन गर्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया