आज देशका धेरै ठाउँमा घाम लाग्ने, गर्मी बढ्ने

 चैत ६, २०७८ आइतबार ९:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा घाम लागेको छ । आज धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेकाले गर्मी बढ्ने मौसमविद्ले बताएका छन् ।

तापक्रम बढेसँगै तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६, भैरहवाको ३६ दशमलव ५, जनकपुरको ३६ दशमलव ४, सिमरा र नेपालगञ्जकाे ३६ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

प्रि-मनसुनका गतिविधि सक्रिय नभएकाले देशभर गर्मी बढ्दो छ ।  मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया