प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

 चैत ८, २०७८ मंगलबार ७:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार आज दिउँसोपछि प्रदेश-१ का पहाडी क्षेत्रका एक/ दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

भोलि भने प्रदेश-१ सहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, पर्सिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया