ललितपुरको सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द

 चैत ८, २०७८ मंगलबार १६:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको सुनाकोठीका स्थानीयवासीले सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द गरेका छन् । ठेकेदारले समयमा काम नगर्दा धुलोले हैरान बनाएको भन्दै स्थानीयवासीले सडक नै बन्द गरेर विरोध गरेका छन् । 

समयमै सडक बनाउन दबाब दिँदै उनीहरूले आज मङ्गलवार बिहान एक घण्टा धिमे बाजा बजाएर विेरोध जनाएका ललितपुर महानगरपालिका २७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिनुभयो । डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले लामो समयसम्म नबनाएको सुनाकोठीका बासिन्दाको गुनासो छ । 

एक वर्ष अगाडि यो सडक कालाेपत्र (पिच) भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि यो सडक खण्डमा स्थानीयवासीले निरन्तर आन्दोलन गर्दै आएका छन् । स्थानीयवासीको निरन्तरको विरोधपछि गएको मङ्सिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर मङ्सिर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाध्यक्ष महर्जन बताउनुहुन्छ ।   

ठेकेदारले काम गर्छ होला भनेर वैकल्पिक बाटो भएर गाडी चलाउन आग्रह गर्दै वडा नम्बर–२७ ले सूचनासमेत निकालेको थियो । तर पनि ठेकेदार कम्पनीले काम सुरु गरेको छैन । सडक धुलाम्मे छ । धुलोका कारण स्वास्थ्यमा समेत समस्या देखिन थालेको स्थानीयवासीको गुनासो छ । सडक विभागले ठेक्का लगाएको हुँदा थप विषयमा आफूहरूलाई जानकारी नभएको वडाध्यक्ष महर्जनले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया