आज बेलुका देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना

 चैत १२, २०७८ शनिबार ७:४१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज  देशका  पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो गर्मीले जमिन तात्ने हुनाले बेलुकातिर सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्ने सम्भावना भने छैन । आज विषेशगरी प्रदेश- १ र वाग्मती प्रदेशका केही ठाउँमा खण्डखण्ड रुपमा  हावा चल्नेछ ।

खण्डखण्ड रुपमा हावा चल्नु भनेको कतै हावा चल्दा नजिकै अर्को कुनै ठाउँमा चल्दैन भनिएको हो । तर ठूलो हावाहुरी चल्ने सम्भावना भने छैन ।  प्रि-मनसुनको समयमा बेलुका तिर हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गरेको भए पनि आज बेलुका भने सुक्खा हावा मात्रे चल्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया