जमिन तात्तिएपछि स्थानीय वायु सक्रिय, केही ठाउँमा पानी पर्दै

 चैत १४, २०७८ सोमबार १६:१३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रको मौसम धुम्मिएको छ । विषेशगरी वाग्मती प्रदेश, प्रदेश नम्बर एक र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम धुम्मिनुका साथै केही ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसारको काठमाण्डौका केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । अरू ठाउँमा पनि केहीबेरमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । एक/दुई घण्टापछि भने बिस्तारै मौसम सफा हुँदै जान्छ ।  

जमिन तातेर स्थानीयस्तरमै बनेको हावाको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम धुम्मिएको हो । स्थानीय हावाकै प्रभावका कारण अहिले केहीबेरमा बाग्मती प्रदेश, प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ  ।

काठमाण्डौ उपत्यकामा वायुमण्डलमा भएका धुँवा र धुलोका कणलाई  हावाले राम्ररी उडाएर लैजान नसकेकाले मौसम बढी धुम्म देखिएको मौसमविद् भट्टराईको भनाइ छ । भोलि मङ्गलवार पनि बिहान र दिउँसो घाम लागेर बेलुकातिर मौसम धुम्मिएर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया