लमजुङका ८ वटै पालिकामा गठबन्धन गर्ने चार दलकाे निर्णय

 चैत २२, २०७८ मंगलबार १७:१७:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा सत्ता गठबन्धन दलबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय भएको छ ।   

नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज मङ्गलवार बेसीसहरमा बसेको बैठकले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जिल्लाका ८ वटै सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो । 

कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले चुनावमा एक भएर अगाडि बढ्ने निर्णय गरेको हाे । 

बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर चुनावमा अगाडि बढ्ने निर्णय भएकाे कांग्रेसका जिल्ला सभापति गुरुङले जानकारी दिनुभयो ।

जिल्लाका आठ पालिकामा गठबन्धन दलहरूको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय भएकाे छ । 

गएकाे स्थानीय तहकाे चुनावमा नेपाली कांग्रेसले मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकामा मेयर तथा अध्यक्ष जितेको थियो । त्यस्तै माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष पद जितेको थियो । त्यस्तै सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेस, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र, राइनास नगरपालिकामा कांग्रेसले उपमेयर पद जितेको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया