अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन : ओली

 बैशाख २, २०७९ शुक्रबार १९:१:३१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एकछिनका लागि प्रतिपक्षमा रहेको बताउनुभएको छ । 

लमजुङको स्मार्ट भिलेज घलेगाउँलाई नेपालकै पहिलो सुखी गाउँ घोषणा कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । ‘जालझेल गरेर अहिले नेकपा एमाले एकछिनका लागि प्रतिपक्षमा पुर्‍याइएकाे छ । अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । जालझेल गरेर प्रतिपक्षमा पुर्‍याए पनि हामी सरकारमा पुग्छौँ तपाईँहरूको माया, साथ सहयोगले’, उहाँले भन्नुभयो, ‘एमालेले देश, जनताको आकाङ्क्षा बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली ।’

घलेगाउँ ‘सुखी गाउँ’को रूपमा घोषित भएकोमा अध्यक्ष ओलीले घलेगाउँवासीलाई  बधाई, शुभकामना र धन्यवाद ज्ञापन गर्नुभएको छ । घलेगाउँको विकास र समृद्धिका लागि आफ्नो सधैँ सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

होमस्टे सञ्चालनको अभ्यास यसै ठाउँबाट भएको र यसकै अनुसरण गर्दै अहिले देशभरका ग्रामीण क्षेत्रहरूमा होमस्टे सञ्चालनमा रहेको समेत उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया