मेयरमा उठ्न प्रदेश सभा सदस्य स्थापितद्वारा राजीनामा

 बैशाख ११, २०७९ आइतबार १५:४५:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ । काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनका लागि उहाँले आज आइतवार प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिनुभयो ।

यही वैशाख ३० गते हुने पालिका चुनावमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उठ्न स्थापितले आज राजीनामा दिनुभएको हो । उहाँले भोलि सोमवार उम्मेदवारी दिने हुनुभएको छ । 

मेयरमा उम्मेदवारी दिन लाग्नु भएका स्थापितले आफ्नो योजनाका साथ काम गर्ने बताउनुभयो । 

यसअघि वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनका लागि पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरू दुवै एमालेबाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया