दैलेखमा ६४ जनाको उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९ सोमबार ८:२१:२२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा पालिका चुनावका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख पदका लागि ७, उपप्रमुखमा २, वडाध्यक्षमा २३, खुला सदस्यमा १२, महिला सदस्यमा ९ र दलित महिला सदस्यमा ११ जनाको उम्मेदवारी परेको छ ।

११ पालिका रहेको दैलेखका तीन वटा पालिकामा भने एक जनाले पनि उम्मेदवारी दर्ता नगराएका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । कुनै पनि पदमा उम्मेदवारी नपर्नेमा ठाँटीकाँध, डुङ्गेश्वर गाउँपालिका र आठबीस नगरपालिका रहेका छन् । 

६ वटा पालिकामा ७ जना प्रमुख र दुई वटामा एक/एक जना उपप्रमुखले उम्मेदवारी दर्ता गराएका छन् । दुल्लु नगरपालिका राप्रपाकी नन्दकला योगी र गुराँस गाउँपालिकामा नेमकिपाकी पार्वती ओलीको उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।

पालिका प्रमुखमा उम्मेदवारी दिनेहरुमा दुल्लु नगरपालिकामा राप्रपाका गणेश रेग्मी र स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्की हुनुहुन्छ । पालिका प्रमुखमा उम्मेदवारी परेका पाँच पालिकामा गुराँस गाउँपालिकामा नेमकिपाका उदयजङ्ग शाही, महाबु गाउँपालिकामा स्वतन्त्र चेतप्रसाद जैसी, भगवतीमाई गाउँपालिकामा राजमोका नरबहादुर सिंहले दलीय प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी नौमूले गाउँपालिकामा विद्याप्रसाद शर्मा र भैरवी गाउँपालिकामा चेतप्रसाद जैसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैगरी जिल्लाभर २३ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यस्तै ९० वडाका वडाध्यक्ष र सदस्यहरु समेत ४ सय ५० र २२ जना प्रमुख तथा उपप्रमुख समेत चार सय ७२ जना प्रत्यक्ष मतदानबाट जनप्रतिनिधि चुन्न यस पटक हिजाे र आज उम्मेदवारी दर्ता गर्ने समय दिएको छ ।

सत्तारुढ गठबन्धन दलहरुमा पदीय भागबन्डाकाे अझै सहमति हुन नसकेको र गठबन्धनको प्रभावका आधार आफ्ना उम्मेदवार खडा गर्ने एमालेको रणनीति भएका कारण हिजाे उम्मेदवारी दर्ता नभएको नागरिक समाजका अगुवा अधिवक्ता खड्गबहादुर सिंजापतिको टिप्पणी छ ।  

गठबन्धन दलका प्रदेश नेतृत्वमा सहमति भइसक्यो भनिएका पालिकाहरुमा पनि घन्टैपिच्छे फरक-फरक विवरण आइरहेकाले कार्यकर्ता अन्याेलमा परेका छन् ।

उम्मेदवारी दर्ता गर्न आउँदा कागज प्रक्रिया पुर्याउन र समय फरक पारेर आउन सबै दलहरुलाई आग्रह गरिएकाे दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया