हेटौँडामा एमालेबाट मेयरमा पौडेल र उपमेयरमा काफ्लेको उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९ सोमबार १८:३३:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिमा नेकपा एमालेका तर्फबाट मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गर्नु भएको छ । 

हेटौँडा उपमहानगरपालिका २ मा निर्वाचन अधिकृतको कार्यालयमा वडाध्यक्षका उम्मेदवार तथा वडा सदस्यका उम्मेदवारहरूले पनि आजै उम्मेदवारी दर्ता गरेका छन् । 

यस पटक एमालेले दुवै प्रमुख पदमा नयाँ अनुहार उठाएको छ । उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजा र झाँकीसहित एमाले नेता तथा कार्यकर्ता र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका थिए । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया